नेपालमा पछिल्ले समय २ सय ३२ जनामा कोरोना भाइरस सङ्क्रमण कुल संक्रमितको संख्या ,, १५ हजार ४ सय ९१ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्ले समय २ सय ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १५ हजार ४ सय ९१ जना पुगेको छ । त्यसैगरी छ हजार ४ सय १५ जना उपचारपछी कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भई घर फर्केका छन् ।


नौ हजार ४२ जना कोरोना सङ्क्रमित आइसलोसनमा उपचार गराई रहेका छन् । देशभरि ३३ हजार १ सय २५ जना हाल क्वारेन्टीनमा रहेको छन् । पछिल्लो चौबिस घण्टामा २ सय ७२ जना कोरोना सङ्क्रमित उपचारपछि संक्रमण मुक्त भएर घर फर्केका छन् ।

पछिल्लो चौबिस घण्टामा चार हजार ५० जनामा आरटी पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button