नेपालमा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जना कोरोना सङ्क्रमित थपिएका छन । यो संगै देशभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १५ हजार २ सय ५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार
पछिल्लो २४ घण्टामा चार हजार ४ सय ८३ वटा नमूना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेका छन् । आइसोलेसनमा नौ हजार ८४ रहेका छन भने
देशभर छ हजार १ सय ४३ जना निको भएर डिस्चार्ज भएका छन् । बिगत २४ घन्टामा देशभरबाट ८ सय २३ जना निको भएर घर फर्केका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button