प्रदेश २ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि कुल संक्रमितको संख्या ३ हजार २ सय १६ पुग्याे



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै यो प्रदेश मा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ । जसमा पुरुष ३ हजार २१ जना छन भने महिला १ सय ९५ जना रहेका


प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो प्रदेशमा बिहीबार संक्रमित हुनेमा धनुषाका ९, महोत्तरीका ५ र सिराहाका २ जना गरी कुल १६ जना रहेका छन ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा एक जना महिलासहित १६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका १६, १७, २१, २३ र २५ वर्षका ५ जना, बटेश्वर गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बसेका १२, १८, १९, र २१ वर्षका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी महोत्तरीको लोहरपट्टी नगरपालिकास्थित भेरुख उच्च मावि क्वारेन्टिनका १६ वर्षीय एक जना पुरुष र मनरा सिस्वा नगरपालिकास्थित दुर्गा मावि क्वारेन्टिनका २१, २४, २७ र ५२ वर्षका ४ जना पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

यसैगरी सिराहाको लहानस्थित जेएम्स मुरारका क्वारेन्टिनमा बसेकी ३ वर्षीया एक जना बालिका र १७ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button