नेपाल विद्युत् प्राधिकरण बर्दीबास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इञ्चार्ज सञ्जीव शर्मासहित आठ जना अख्तियारको फन्दामा



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
नेपाल विद्युत् प्राधिकरण बर्दीबास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इञ्चार्ज सञ्जीव शर्मासहित आठ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको फन्दामा परेका छन । ग्राहकबाट उठाएको महसुल राजश्व खातामा जम्मा नगरी अपचलन गरेको पाइए पछी उनिहरु विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार राजश्व अपचलन गरेको अभियोगमा शर्माविरुद्ध रु २० लाख ३३ हजार २ सय ७२, प्राधिकरणका कर्मचारीहरु अरविन्दप्रसाद जयसवालविरुद्ध रु चार लाख ७५ हजार ४ सय ६६ र बागेश्वरीकुमारी कर्णविरुद्ध रु ५३ हजार ८ सय २१ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
यस्तै कर्मचारीहरु चन्द्रभूषण महत्तो रु चार लाख छ हजार १ सय ३९, धर्मेन्द्रकुमार महतो रु ६६ हजार ८ सय ३७, अजितमान सिंह रु २२ हजार ८ सय १३, स्मिता कट्टेल रु सात लाख ७४ हजार १ सय ४, अञ्जुकुमारी बस्नेत रु १२ हजारबराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close