महोत्तरीमा काम गर्ने सबै पत्रकारहरुको कोरोना बिमा

निकेश खनाल
बर्दिवास
महोत्तरी जिल्ला भित्र काम गर्ने जिल्लाका सबै पत्रकारहरुको कोरोना बिमा गरिएको छ । कोरोनाको महामारीमा पनि जोखिम मोलेर सक्रिय रुपमा काम गरिरहेका जिल्ला भरीका ५१ जना पत्रकारको कोरोना बीमा गरिएको हो । बर्दिवास १ स्थित विनायक होटल प्रा .लि .का सञ्चालक बिष्णु खड्काले शिखर इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी प्रती पत्रकार रु १ लाखका दरले ५१ जना पत्रकारको बिमा गरिदिएका हुन । संचालक विष्णु खड्काले जोखिम मोलेर काम गरिरहेका राज्यका चौथौ अंग पत्रकारलाई काम गर्ने थप उर्जा मिलोस् भन्ने उद्देश्यले सुरक्षाको प्रत्याभूति गराउन बिमा गरिदिएको बताए । त्यसैगरी नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले आफुहरुले पत्रकारको बिमा गरीदिन जिल्ला भित्रका सबै स्थानिय सरकारसंग अनुरोध गरेपनी स्थानीय सरकारले बेवास्ता गरेको अवस्थाम स्थानीय व्यवसायी खड्काले बिमा गरीदिएको भन्दैे खुसी व्यक्त गरे । बिमित पत्रकारले कोरोना पोजिटिभ भएको पीसीआर रिपोर्ट बुझाएर बिमा कम्पनीसँग दाबी गरेमा १ लाख बिमा शुल्क प्राप्त गर्न सकिने शिखर इन्स्योरेन्स बर्दिवास शाखाका प्रमुख नरेन्द्र कडारीले बताए ।