८१ दिनपछी खोलिएको जानकी मन्दिर १ दिन नबित्दै पुनः बन्द



मेरो प्रदेश सम्वाददाता
धनुषा
सरकारले लागु गरेको लकडाउनमा बन्द रहेको जानकी मन्दिर करिब ८१ दिनपछि सर्वसाधारणका लागि खुल्ला गरिएको १ दिन पनी नबित्दै पुनः बन्द भएको छ ।


हिन्दुहरुको आस्थको केन्द्र रहेको धनुषाको जनकपुरधाम स्थित जानकी मन्दिरको मुलढोका सहित अन्य द्वारहरु बिहिवारदेखि पूर्ण रुपमा खोलिएको भएपनि शुक्रवार बिहानै मन्दिर बन्द गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले मन्दिरका सबै द्वारहरु शुक्रवार बिहानै पुगेर बन्द गराउनुका साथै मन्दिर परिसरमा पुगेका दर्शनार्थी र भक्तजनहरुलाई उत्तरतर्फको द्वारबाट प्रवेश गर्न दिएको थियो । त्यसपछि मन्दिर प्रवेशमा पूर्ण रुपमा निषेध गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button