थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि कुल संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालका विभिन्न जिल्लामा थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ ।
यो संगै नेपालमा कुल कोरोना भाईरस संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।
संक्रमितमध्ये ९ सय ७४ जना उपचारपछि घर फर्किएका छन् भने ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।