रौतहटमा कोरोना जित्नेको संख्या बढदै



मेरो प्रदेश सम्वाददाता
रौतहट
े रौतहटमा कोरोना जित्नेको संख्या बढदै गएको छ । कोरोना भाइरस संक्रमितको मामिलामा प्रदेश २ मा नै सबैभन्दा अगाडि रहेको रौतहट जिल्लामा


कोरोना भाइरसको उपचारपछी कोरोना जित्नेको संख्यामा पनि अग्रता लिएको हो । जिल्लामा बुधबार मात्रै एकैपटक कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६५ पुगेको छ ।

गरुडा नगरपालिका जिंगडियास्थित प्रहरी विद्यालयमा निर्मित आइसोलेसनबाट ६५ जना कोरोना भाईरस मुक्त भएका हुन् ।

विद्यालयको आइसोलेसनमा रहेका ७५ जनामध्ये ६५ जनाको पीसीआर रिपोर्ट निगेटिभ आएपछि उनीहरुलाई फूलमाला लगाएर सम्मानसाथ घर पठाइएको गरुडा नगरपालिकाले जनाएको छ ।

यसअघि गौरस्थित नर्सिङ क्याम्पस र नारायणी अस्पताल बाट कोरोना जितेर ३६ जना घर फर्केको जिल्ला अस्पताल गौरका प्रमुख महेस साहले बताएका छन् ।

रौतहटमा कोरोना भाइरस जितेर बुधबार बेलुकी सम्म घर फर्किनेको कुल संख्या १०१ पुगेको प्रमुख साहले जानकारी दिए ।

त्यसैगरी, जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बुधबारसम्म ४८६ पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।

संक्रमितहरुको गौर गरुडा, देवाहिगोनाही, राजपुर, चन्द्रपुर लगायतका स्थानमा निर्माण भएको आइसोलेसनमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button