पछिल्लो पटक नेपालमा कोरोना भाइरसबाट थप २ सय ७९ जना सङ्क्रमित ,, सङ्क्रमितहरुको कुल सङ्ख्या ४ हजार ३ सय ६४ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिईएकोे जानकारी अनुसार
पछिल्लो पटक नेपालमा कोरोना भाइरसबाट थप २ सय ७९ जना सङ्क्रमित भएका छन् । सङ्क्रमित हुँनेमा २ सय ५७ जना पुरुष र २२ जना महिला रहेका छन । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या ४ हजार ३ सय ६४ पुगेको छ ।


थपिएका संक्रमितहरु मध्ये २ सय ५७ जना पुरुष र २२ जना महिला रहेका छन् । त्यसैगरी, बुधबार थप ९० जना उपचार पछी डिस्चार्ज भएका छन यसरी कुल निको हुनेको सङ्ख्या ६ सय ७४ पुगेको छ । जसमा ५ सय ९५ पुरुष र ७९ जना महिला रहेका छन् ।

आइसोलेसनमा तीनहजार ६ सय ७५,जना रहेका छन भने क्वारेन्टाइनमा १ लाख ७२ हजार २ सय ६६ रहेका छन् । आरडीटी र पीसीआर परीक्षणको सङ्ख्या एकलाख दशहजार ७ सय ४४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button