नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट थप ३ सय २३ जना सङ्क्रमित,, सङ्क्रमितको कुल सङ्ख्या चार हजार ८५ पुग्यो

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिइएको जानकारी अनुसार नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट थप ३ सय २३ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या चार हजार ८५ पुगेको छ ।
त्यसैगरी, थप ९६ जना उपचारपछी अस्पतालबाट डिस्चार्ज भएका छन । यसरी कुल डिस्चार्ज हुनेको सङ्ख्या ५ सय ८४ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म १५ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा आज विहान चितवन –११ का एक कोरोना सङ्क्रमित पुरूषको मृत्यु भएको छ ।
पहिलो पटक इलाम जिल्लामा पनि कोरोना सङ्क्रमित भेटिएकाले कोरोना फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।