नेपालमा कोरोना भाईरसबाट थप ३ सय १४ जना सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय ६२ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिईएको जानकारी अनुसार नेपालमा कोरोना भाइरसबाट थप ३ सय १४ जना सङ्क्रमित भएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन हजार ७ सय ६२ पुगेकोे छ । सङ्क्रमित हुँनेहरुमा पुरुष २ सय ९४ जना र महिला २० जना गरी कुल ३ सय १४ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, थप २१ जना उपचार पछी डिस्चार्ज भएका छन । यसरी कुल डिस्चार्ज हुनेको सङ्ख्या ४ सय ८८ पुगेको छ । त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा एक लाख ६६ हजार ६ सय ६८ जना रहेका छन् भने तीन हजार २ सय ६० जना आइसोलेसनमा रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button