महोत्तरीको बर्दिवासमा एक जनामा कोरोना भाईरस संक्रमण



मेरो प्रदेश सम्वाददाता
ब्र्दिवास
महोत्तरीको बर्दिवासमा एक जनामा कोरोना भाईरस संक्रमण देखिएको छ ।
बर्दिवास नगरपालिका १२ निवासी २५ वर्षिय युवकमा आईतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौबाट आएको पिसिआर परिक्षणको नतिजा अनुसार कोरोना भाईरस पोजेटिभ देखिएको हो । उनको जेष्ठ १६ गत्ते स्वाब संकलन गरीएको थियो भारतको अहम्दावादमा कार्यरत उनी गएको जेष्ठ १० गत्ते घर आएका थिए । घर आएकै दिन उनलाई बर्दिवास नगरपालिकाले संचालन गरेको बर्दिवास सेवा समितीको भवनमा रहेको क्वारेनटाईनमा राखिएको थियो । युवकमा कोरोना भाईरसको संक्रमण देखिएपछी उनलाई अहिले बर्दिवास नगरपालिका १२ मा रहेको बिद्यालयको आईसोलेसनमा चिकित्सकको निगरानीमा राखिएको छ उनको स्वास्थ्य अवस्था सामान्य रहेको बर्दिवास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुरेन्द्र चौधरीले जानकरी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button