पछिल्लो पटक नेपालमा थप १३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि,,संक्रमितको संख्या १ हजार ८ सय ११ पुग्यो

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
पछिल्लो पटक नेपालमा थप १३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। यस्तै, पाल्पाका दुईजनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी नवलपरासी, गुल्मी र रुपन्देहीमा एक एक जनामा कोरोना संक्रमण देखिएको छ।
उनिहरु सबैको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो। सोमबार पुष्टि भएका १३ जनासँगै नेपालमा जम्मा संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ।