पछिल्लो परीक्षणमा थप २ सय २६ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि ,,सङ्क्रमितको सङ्ख्या एक हजार ७ सय ९८ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार पछिल्लो परीक्षणमा थप २ सय २६ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एकहजार ७ सय ९८ पुगेको छ ।

आज संक्रमित हुँनेहरुमा पुरूष २ सय १३ र महिला १३ जना रहेका छन । नेपालमा कुल १ हजार ६ सय ६७ जना पुरुष र १ सय ३१ जना महिला कोरोना सङ्क्रमित भएका छन् ।
यस्तै, डोटीमा पनि सङ्क्रमण पाइएकाले नेपालका ५९ जिल्लामा सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

पीसीआर विधिबाट २ हजार ३ सय १० र आरडिटी विधिबाट २ हजार ६ सय ४८ वटा परीक्षण भएको देबकोटाले जानकारी दिए ।

हालसम्म पीसीआरबाट कुल ७१ हजार ९ सय ३ र आरडीटीबाट १ लाख १३ हजार ७ सय ५७ वटा परीक्षण भएको छ ।

हाल देशभर १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टिनमा रहेका छन। देशभर हाल आइसोलेसनमा १ हजार ५ सय ६९ जना रहेका छन्।

नेपालमा हाल ४ सय ७३ जना रेड जोनमा रहेका छन, तीमध्ये थप ३ जना रेड जोनमा परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button