दुई वर्षीया बालिकाको कोरोना भाइरसका कारण मृत्यु,, मृत्यु हुनेको संख्या आठ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
बुढीगंगा नगरपालिका–१ घर भएकी उनी आमाबुबासँगै आठ दिनअघि भारतबाट नेपाल आएका थिए । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या देखिएको थियो । उनिहरु स्थानीय बुढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button