नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा शनिबार बिहान दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकको मृत्यु भएको र युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको


कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले पुष्टि गरेका छन ।

तीन दिनअघि ति युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।
भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button