आइसोलेसनमा राखिएका एकजनाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
धनगढी
धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एकजनाको ज्यान गएको छ ।
ज्यान जानेमा कैलालीको गौरीगंगाका ५० वर्षीय पुरुष रहेका छन । उनको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए भारतबाट फर्किएका उनको स्वास्थ्यमा समस्या देखिएपछी हिजो अस्पताल भर्ना गरीएको थियो ।


उनको आज बिहान ज्यान गएको हो । उनको आरडिटी रिपोर्ट नेगेटिभ आएपनीे कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने भएको छ । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा हाल ६ जना कोरोना संक्रमितसहित ८ जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button