नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण ,,संक्रमतिको संख्या ६ सय ३ पुग्यो

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जनाए अनुसार मोरङका १ जना बाराका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६ जना, कपिलबस्तुका ३ जना, काठमाडौंका १ जना, नुवाकोटका १ र गुल्मीका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
संक्रमित सबै पुरुष रहेका छन । योसँगै संक्रमतिको संख्या ६ सय ३ पुगेको छ ।