नेपालमा एकै दिन ७५ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार नेपालमा एकै दिन ७५ जनामा नोबेल कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन ।
हिजो बिहान ३२ जना, दिउँसो ३६ र राति ७ जनामा कोरोना पुष्टि भएको छ। हिजो सबैभन्दा धेरै बाँकेको नरैनापुर गाउँपालिकामा २७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नरैनापुरमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या १ सय १२ पुगेको छ । सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना, मायादेवी गाउँपालिकामा ३, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा गरी ११ जना, बैतडीमा चार जना, सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ । बर्दिया, झापा, गुल्मी, बारा, चितवन र काठमाडौँमा पनि एक–एक जना सङ्क्रमित भेटिएको हो। नेपालमा हालसम्म कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । देशभर ४५ हजार ९५९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हिजोसम्म नेपालमा दु्रत विधिबाट ८६ हजार २ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४५ हजार ९ सय ५७ परीक्षणहरु गरिएका छन्। नेपालमा हाल सम्म सङ्क्रमितको सङ्ख्या ५ सय ९१ पुगेको छ