नेपालमा थप ३२ जनामा कोरोना भाईरसको संक्रमण संक्रमितको संख्या ५ सय ४८ पुग्यो

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा थप ३२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल चितवनको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण फेला परेको हो ।
संक्रमितहरु कपिलवस्तुको बाणगंगा नगरपालिकाका ८,सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ ,बाराको करैबामाइ गाउँपालिकाका एक जना, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका ८ ,चितवनको भरपुर ६ का एक जना र काठमाडौंका एकजना रहेका छन । यो सँगै संक्रमितको संख्या ५सय४८ पुगेको छ।