नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ,, संक्रमितको संख्या ५ सय १६ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।


संक्रमित भएकाहरूमा मकवानपुरकी ५४ वर्षीया महिला, सप्तरीका ३५ वर्षीय पुरूष, भक्तपुरकी ४२ वर्षकी महिला र बाराका २२, २७, ३०, ३४, ३८, ४५ वर्षका पुरूष रहेका छन् । कोरोना पुष्टी भएका सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button