पछिल्लो समय नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा
बाँके र कपिलवस्तुका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।
बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का ४२ वर्षीया महिला र कपिलबस्तुको सुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् । उनीहरु तिनैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button