थप २५ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ४२७ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार । नेपालमा थप कोरोना भाइरसको २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित हुँनेमा बाँकेका ६, धनकुटाका ५, कपिलवस्तुका १३ र नवलपरासी पश्चिमका एकजनामा कोभिड (१९ पोजेटिभ देखिएको हो ।
संक्रमितहरु तीन वर्षदेखि ४८ वर्षसम्मका रहेका छन् ।
आज संक्रमित हुँनेमा सात महिला र १८ पुरुष रहेको पुष्टि भएको छ । यससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ४ सय २७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button