नेपालमा थप ५३ जनामा कोरोना भाइरस सङ्क्रमण



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो पत्रकार सम्मेलन अनुसार नेपालमा थप ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।


योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ५७ पुगेको हो ।
हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सङ्क्रमित सबैको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ ।

संक्रमित हुँनेमा बाँके जिल्लामा ४६, धुलिखेलमा चार, मोरङ र भैरहवामा एक एकजनामा संक्रमण देखिएको हो ।

सङ्क्रमितहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् । सङ्क्रमित ५३ मध्ये बाँकेमा एकजना महिला रहेकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button