नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ति अनुसार नेपालमा पछिल्लो समय थप ९ जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो परीक्षण रिपोट अनुसार रौतहट इशनाथ नपा २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० बर्षिय पुरूष र रौतहट माधव नारायण नपा ३ निवासी २८ वर्षिय महिला संक्रमित छन त्यसैगरीे बारा करैयामाइ ५ निवासी ३८ वर्षिय पुरूष रहेका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button