नेपालमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
आइतबार बिहान जारी गरकोे प्रेस विज्ञप्ति अनुसार नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोे छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको हो ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा
रौतहट राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९,३९, ४२, ४८ पुरुषहरु र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन ।

संक्रमण देखिएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button