नेपालमा कुल कोरोना संक्रमितको संख्या २८१ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरे अनुसार नेपालमा शनिबार १३ जनामा कोरोनाभाइरस संक्रमण भेटिएको छ । जस मध्ये धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना भाईरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ९ निवासी २९ वर्षीया सावित्री तिम्सिना रहेकी छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २८१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button