नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ सय ७३ पुगयो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नेपालमा शनिबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बर्दिया, सिराहा, पर्सा, सर्लाही, चितवनका थप ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

सर्लाही रामनगर(४ की १८ वर्षीया महिला, बर्दियाको नार्खु(११ की २८ वर्षीया महिला, सिराहा सखुवा(१९ का ३० वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै, पर्साको वीरगञ्ज(१२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर(४ की १८ वर्षीया महिला र चितवन गढौली(१ की २५ वर्षीया महिलामा समेत कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २७३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button