स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरोत्थान नीति तथा कार्यक्रममा समाबेश



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरोत्थानमा जोड दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएकी हुँन । कोरोनाले देशको अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसलाई पुनरोत्थानका लागि सरकारको प्राथमिकता रहने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

वैदेशिक सहयोगमा कमी आउने आँकलन गर्दै सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिने भएको छ । कोरोनाको कारण विश्वका अधिकांश मुलुकको अर्थतन्त्रमा परिमार्जन आउने भएकाले सरकारले अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पछिल्ला वर्ष उच्च आर्थिक वृद्धि भइरहेको बेला कोभिड–१९ का कारण अर्थतन्त्र प्रभावित भएको छ । अर्थतन्त्रलाई गति दिन आर्थिक पुनरोत्थानमा लगानी बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । महामारीले सामाजिक, आर्थिक क्षति पु¥याइरहेको भन्दै विकास निर्माण कार्यलाई तीब्रता दिइने भनिएको छ । क्षेत्रगत विशेष कार्यक्रम सञ्चालन गर्ने भन्दै मजदुर, साना किसान र विपन्नका लागि आयआर्जनको व्यवस्था गरिने र रोजगारी सृजना प्राथमिकतामा रहेको जनाइएको छ ।

गुणस्तरीय स्वास्थ्य शिक्षा, खानेपानी र सरसफाइमा सबैको पहुँच स्थापना गरिने भएको छ । स्थावस्थ संस्थाको स्थापना, बिस्तार र गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुर्नसंरचना गरिने भएको छ । सबै वडामा पूर्ण खोपसेवा उपलब्ध गराइने भएको छ । पाँच देखि १५ वेड क्षमताको अस्पताल निर्माण गरिने भएको छ । यो सबै स्थानीय तहमा निर्माण गरिने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button