सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा,, राष्ट्रपति भण्डारी



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको वताएकि छिन । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७७ ,७८ को नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रममा उनले सोकुरा बताएकि हुँन । भण्डारीले राजनीतिक स्थायित्त्वबाट मात्रै नीतिगत निरन्तरता हुने र नीतिगत निरन्तरताबाट मात्रै सरकारका कार्यक्रमहरू कार्यान्वयन हुने कुरा प्रस्ट पारीन । राष्ट्रपतिले राजनीतिक स्थायित्वमा नै जनताको अभिमतको सम्मान हुने भन्दै राजनीतिक स्थायित्वमा जोड दिदै कोरोनाको महामारीको चुनौति पूर्ण अवस्थामा आफूले संसदको वैठकलाई सम्बोधन गर्न लागेको हुनाले आर्थिक क्षति आगामी दिनमा पुरण हुने संभावना रहेको तर जीवनको क्षति अपूरणीय हुने भन्दै जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताईन । उनले


कोभिड महामारीले गम्भिर धक्का परेको अवस्थामा आर्थिक क्षतिको पूर्ति आगामी दिनमा होला, अन्वेशण हुँदै जाला तर अहिले मानिसको जीवन रक्षा सरकारको सर्वोच्च कर्तव्यरहेको भन्दै संक्रमण प्रारम्भ भएलगतै समन्वायात्वमक कार्याक्रम र सवै नागारिक सरोकारवालाको सकारात्मक भूमिकाले संक्रमण फैलनबाट रोक्नमा ठूलो सफलता मिलेकोले यसमा अग्रपक्तीमा रहेका स्वाथ्यकर्मी सफाईकर्मी, सुरक्षाकर्मी, एम्वुलेन्स चालक जस्ता पेशाकर्मी प्रति आभार व्यक्तगरेकि छिन । ,उनले संक्रमण फैलन नदिन अझै सर्तकता र एकता आवश्यक रहेकोले एक ढिक्का भएर लाग्न सबैमा आह्वान समेत गरिन नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सो को प्रति राष्ट्रपति समक्ष प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button