आज सरकारको नीति तथा कार्यक्रम पेश हुँदै

मेरो प्रदेश सम्ववददाता
काठमाडौ
कोरोना संक्रमणका कारण भौतिक दूरी कायम राखेर सङ्घीय संसदमा आज सरकारको नीति तथा कार्यक्रम पेस हुँदैछ। संसद बैठकमा अधिकतम सुरक्षा विधि अपनाइएको संसद सचिवालयले जानकारी दिएको छ। बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने्छिन्। संसद्को संयुक्त बैठक अपराह्न ४ बजे बस्ने तय भभएको छ ।
नीति तथा कार्यक्रमकालागी संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको बताईएको छ। राष्ट्रपतिको आवा गमनका लागि कुनै विशेष प्रबन्ध मिलाईएकोे छैन। सरकारले नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमणले पारेको असरलाई केन्द्रित गर्ने जनाएको छ। नीति कार्यक्रम मन्त्रिपरिषद्बाट अनुमोदन भइसकेको छैन। कोरोना जोखिमबाट परेको बहुपक्षीय असरमा नै कार्यक्रम केन्द्रित हुने बताइएको छ। नीति तथा कार्यक्रम अनुसार सरकारले वार्षिक बजेट पेस गर्नेछ। सरकारले कोरोना जोखिमसँगै स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जनाका कार्यक्रमलाई मुख्य रूपमा अघि सार्ने तयारी गरेको छ। हाल कार्यान्वयनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जन गर्ने तयारी पनि सरकारको छ।
रोजगारी सिर्जना गर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने र आधुनिकीकरण गर्ने नीति लिने सरकारको तयारी छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि, सिँचाइ जस्ता क्षेत्रसँग पनि जोडेर रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ। हाल विभिन्न श्रम गन्तव्यमा रहेका नागरिकसमेत फर्कने अवस्थामा रहेकाले सरकारले रोजगारीलाई प्राथमिकतामा राखेको छ।