थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ४६ पुग्यो

मेरो प्रदेब सम्वाददाता
नवलपरासी
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।