कपिलवस्तुमा १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि ,, नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १२० पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
कपिलवस्तुमा १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भए संगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १२० पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर –५ र बुद्धभूमि नगरपालिकाका वडा नम्बर – ७ र १० का १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षको पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुमा यसअघि पनि ५ जना कोरोना संक्रमित फेला परेका थिए । योसँगै कपिलबस्तुमा मात्रै कोरोनासंक्रमितको संख्या १५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button