भारतले गरेको अतिक्रमणविरुद्ध नेकपा प्रवक्ता श्रेष्ठले गरे भ्रर्तसना



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चाल्नु पर्ने बताएका छन् । उनले
नेपाली भूमि हुँदै भारतले मानसरोवरसम्म पुग्ने बाटो बनाएको भन्दै त्यसको भ्रर्तसना गरेका छन ।


श्रेष्ठले भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्विकारेको पश्चिम सिमाक्षेत्रको नेपाली भूमीमा सडक बनाइ हिँजो उदघाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै ट्वीटरमा लेखेका छन,
हामी सबै कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुद्ध सरकारले चाँडो कदम चालोस् ।’

भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले नयाँ बाटो खोलेको छ । सो सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत उदघाटन गरेपनी
नेपाल सरकारले यसबारे कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button