नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण भेटियो

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
बाँके जिल्लाको नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण भेटिएको छ ।
भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा नेपालगञ्जका १६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भेटिएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार नेपालगञ्ज सहित नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् ।