विश्व शान्तिकाे कामना गर्दै बुद्ध जयन्ती मनाइयाे



कोरोना भाइरस संक्रमणकाबाट विश्व  नै  गुज्रिरहेकाे सय जटिल परिस्थितिमा   हिजाे लुम्बिनीमा प्रार्थना, बन्दना र विश्व शान्तिको कामना गरी  २५६४ औं बुद्ध जयन्ती   मनाइएकाे छ ।

नेपाल सरकारले हिजाे साँझ  ७ बजे  काेराेना विरूद्धकाे लडाइमा अग्रपंक्तीमा खटेर काम गर्ने  स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सञ्चारकर्मी,स्वायम सेवक तथा काेराेना संक्रमितकाे स्वास्थ्य लाभकाे कामना गर्दै  दीप प्रज्वलन गर्न देशबासीलाइ   अाह्वान गरेकाे थियाे  ।

बिहीबार बिहान  सारा विश्व अहिले कोरोना भाइरसको संक्रमणको महामारीबाट जुधिरहेको छ र लुम्बिनीमा भिक्षुहरुले भाइरसबाट विश्वलाई मुक्त गराउन रतनसूत्र पाठ गरेकाे लुम्बिनी विकास कोषले जनाएकाे छ ।


२५६४ बर्षअघि भगवान गौतमबुद्धको ८० बर्षको उमेरमा महापरिनिर्वाण (निधन) भएको थियो भने ३५ बर्षको हुँदा बोधित्व प्राप्त भएको थियो । जन्म, बोधित्व प्राप्त र महापरिनिर्वाण एकै दिन अर्थात् वैशाख पूर्णिमाको दिन भएकोले यो दिनलाई त्रिसंयोगका रुपमा बाैद्धमार्गीहरूले मनाउछन् ।  संयुक्त राष्ट्र संघले पनि बुद्ध जयन्तीलाइ  विशेष दिनका रुपमा मनाउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button