बर्दिवासमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो ,एक घाईते



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा शनिवार बिहान बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आर्का एकजना घाईते भएका छन । ज्यान जानेमा तामाकोशी ३ दोलखा घर भएका २३ बषिय बाबुराम बिश्वकर्मा रहेका छन ।
लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरको चौरन्दी नगरपालिका तर्फ गईरहेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिए।

३५जना यात्री सवार सो बसमा घाइते भएका तामाकोशी २ दोलखा घर भएका २३ बर्षिय प्रदिप बिश्वकर्माको उपचार बर्दिवास स्थित शुभस्वस्तिक हस्पिटलमा भईरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button