सर्लाहीमा स्थानीय युवा समूहको कुटपिटबाट एक प्रहरी घाइत



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा स्थानीय युवा समूहको कुटपिटबाट एक प्रहरी घाइते भएका छन् ।


सर्लाहीको राजघाटस्थित प्रहरी चौकीमा कार्यरत सहायक निरीक्षक (असई) विकरु मण्डल स्थानीय युवाहरुको कुटपिटबाट घाईते भएका हुन । मोबाईल चोरी भएको उजुरी आएपछि चौकी नजिकैको गाउँमा पुगेका मण्डलमाथि लकडाउन उल्लंघन गर्दै जम्मा भएका स्थानीयले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

मंगलबार राती ९ बजे तिर एक प्रहरी जवानसँगै गाउँ पुगेका प्रहरी सहायक निरीक्षक मण्डलले धेरै भिडभाड नगर्न भनेर सम्झाउदा स्थानीय बासिन्दासँग बिवाद भएको र विवाद बढ्दै गएपछि मदिरा सेवन गरेर मातिएका स्थानीय बासिन्दाको समूहले कुटपिट गरेको जनाइएको छ ।

कुटपिटमा संलग्न भएको आरोपमा स्थानीय तीनजनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । टाउकोमा चोट लागेर घाईते भएका प्रसनि मण्डलको हरिवन स्थित नमुना अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button