प्रदेश २ सरकारले लकडाउनका समयमा दुईछाक टार्न नसक्ने घरपरिवारलाई राहत दिन थप १६ करोड रुपैयाँ विनियोजन गर्याे



मेरो प्रदेश सम्वाददाता
जनकपुरधाम,
प्रदेश २ सरकारले लकडाउनका समयमा दुईछाक टार्न नसक्ने विपन्न र असहाय घरपरिवारलाई राहत दिन थप १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।


स्थानीय तहमार्फत दैनिक ज्यालादारीलगायत काम गरेर घरगुजारा चलाउने परिवारलगायत बन्दाबन्दीका कारण अन्नको जोहो गर्न नसक्नेका लागि यसअघि नै प्रदेशभित्रका गाउँपालिकाका लागि १५ लाख र नगरपालिकाका लागि २० लाख विनियोजन गरेको थियो । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा प्रदेश सरकारले राहत कार्यलाई तीव्र, सघन तथा प्रभावकारी बनाउन थप १६ करोड विनियोजन गर्ने पछिल्लो निर्णय गरेको हो ।
स्थानीय तहबाट प्रदान गरिँदै आएको राहतमा वितरणमा ढिलाइ भइरहेको, लक्षित वर्गसम्म पुग्न नसकेको, वितरणक्रममा लकडाउनका नियम पालना हुन नसकेको जस्ता गुनासा चुलिएका बेला प्रदेश सरकारले पछिल्लोपटक विनियोजित रकमबाट प्रदेशका आठवटै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत प्याकेज बाँड्न लागेको हो ।

राहतमा
सोना मन्सुली चामल २५ किलो, मसुरोको दाल २ किलो, खाने सस्र्यूको तेल एक लिटर, नून १ किलो, सोयाबिन ५ सय ग्राम, .१०० ग्रामको हात धुने साबुन १ वटा लगायत राहत सामग्री रहने प्याकेजलाई घरघरसम्म नै पुृ¥याउने गरी काम थालिएको प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले जानकारी दिए ।

स्थानीय तहमार्फत वितरण हुने राहत व्यवस्थापनका लागि यसअघि बनाइएको वडाअध्यक्ष नेतृत्वको समितिले नै राहत वितरण प्रक्रियाको रेखदेख गरे पनि त्यस काममा प्रदेश सांसदको उपस्थिति अनिवार्य बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button