विपदका समयमा महिला हिंसाका घटना बढ्ने र महिलाहरु पीडित हुन सक्ने भन्दै सचेत रहन उपसभामुखहरुलाई राष्ट्रियसभाकी उपाध्यक्ष दहालको आग्रह



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


सिंहदरवारस्थित संसद सचिवालयबाट राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले कोरोना भाईरस रोकथामबारे सातवटै प्रदेश सभाका उपसभामुखहरुसँग भिडियो कन्फरेन्स मार्फत कुराकानी गरेकी छिन् ।
दहालले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सम्बन्धित प्रदेश सरकारले गरिरहेका काम प्रदेशसभाको समन्वय लगायतका बिवषयमा प्रदेशसभाका उपसभामुखहरुसँग भर्चुअल संवाद गरेकी हुन् ।

कुराकानीमा उपाध्यक्ष दाहालले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि योगदान गर्न उपसभामुखहरुलाई आग्रह गरिन् ।

उनले ‘प्रदेश सरकार, प्रदेश माननीय र स्थानीय तहका जनप्रतिनिधिसँग नजिकमा रहेर कामगर्न भनेकी छन् । दाहालले विपदका समयमा महिला हिंसाका घटना बढ्ने र महिलाहरु पीडित हुन सक्ने भन्दै सचेत रहन उपसभामुखहरुलाई आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button