आज मिथिलाञ्चल सहित तराईमा जुरशितल पर्व मनाईयो

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
आज मिथिलाञ्चल सहित तराई (मधेशका) बिभिन्न स्थानमा जुरशितल पर्व मनाईए पनी
कोरोना महामारीको प्रकोपबाट बच्न सरकारले गरेको लकडाउनका कारण यस वर्षको जुरशितल पर्व घरभित्रै बसेर मनाईएको छ ।
नव वर्षको शुभआरम्भ संगै हरेक वर्ष वैशाखको २ गत्ते तराई मधेशमा मनाइने यो पर्वमा आजको दिन एकाबिहानै घरका जेष्ठ मान्यजन सदस्यले आफूभन्दा परिवारका साना सदस्यलाई शीर एवं तालुमा जल सिंचित गर्दै थपथपाएर शितलताको लागी आर्शिवाद दिने चलन छ ।
आर्शिवादले गर्दा वर्षभरिनै सितलता, सुख, समृद्धि, शान्ति एवं दीर्घायु तथा उत्तरोत्तर प्रगति हुन्छ भन्ने जनविश्वास रहिआएको छ । आजका दिन रुखविरुवामा पनि पानी सिंचित गरिनुका साथै खेतबारीमा समेत मलजल गर्ने परम्परा छ ।
सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य रहि आएको छ । जुर शितलमा जल सिंचित गर्दा आफुभन्दा सानाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्न सक्ने जनविश्वास रहिआएको छ ।
पर्वको अवसरमा मिथिलाञ्चल लगायत तराईका विभिन्न स्थानमा हिलोपानीमा कुस्ति खेल्ने गरिन्छ । आजको दिनमा अघिल्लो दिन नै पकाएको बासी भात चुल्हो देवतालाई चढाएर घर घरमा भात, दाल, तरकारी, करही बरी, तरुवा, भुटेको र तारेको परिकार लगायत मिष्ठान्न परिकार पकाएर खाने चलन रहि आएको छ ।