रौतहटमा थप एक युवकमा कोरोना संक्रमणको पुष्टि,

मेरो प्रदेश सम्वाददाता
रौतहट
आइतबार तीन जनामा कोरोना भाईरस भेटिएलगत्तै सोमबार फेरि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहट जिल्लाका १९ वर्षीय युवामा कोरोनाको संक्रमण पुष्टि भए पछी उनी रौतहटकै क्वारेन्टिनमा बसेका छन ।
उनको स्वाव काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएका हुँन ।
सोमबार नै कैलालीको लम्की–चुहाकिकी ६५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भए संगै
नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा जानकारी दिए ।