बागलुङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटियो



मेरो प्रदेश सम्वाददाता
बागलुङ
बागलुङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । केहि साताअघि मात्रै भारतको तिर्थयात्रा गएर फर्किएकी जिल्लाको काठेखोला गाउँपालिकाकी एक ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य अधिकृत सुरज गुरौले जानकारी दिए।


बागलुङको काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा ५७ जनाको रयापिड डाइग्नोष्टिक टेष्टमा थप एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो। रयापिड टेष्टमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि पुनः स्वाब संकलन गरी पोखरा पठाउने तयारी गरिएको छ । पोजेटिभ देखिएपछि ती महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button