छलफलको लागि प्रहरी कार्यालय पुगेका अध्यक्ष साह



मेरो प्रदेश सम्वाददाता
धनुषा
आईतबार बिहान लकडाउनमा महावीरचोकमा मोटरसाइकलमा मास्क नै नलगाई जाँदै गरेका जनकपुर उद्योगा बाणिज्य संघका अध्यक्ष ललित साह र ड्युटीमा रहेका असई विद्यापति ठाकुर बिच विवाद भएको थियो । सो क्रममा रोकेर मास्क बिना नहिंडन आग्रह गर्दा आफुमाथि दुव्र्यवहार गरेको असई ठाकुरले आरोप लगाएका छन् ।
साहले राहतको विषयमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसंग कुरा गर्न जाँदै गरेको बेला प्रहरीसंग समान्य विवाद भएको दावी गरेका छन् ।


विवादकै विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय पुगेको बताउँदै उनले आफुलाई प्रहरीले पक्राउ नगरेको बताए । प्रहरीमाथि आफुले हातपात नगरेको समेत अध्यक्ष साहले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button