कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ८८ हजार भन्दा बढि



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


कोरोना भाईरसका कारण विश्वभर ८८ हजार ४ सय १४ जनाले ज्यान गुमाएका छन । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार तीन सय ५८ पुगेको छ ।

उपचारपछि तीन लाख एक हजार नौ जना निको भएका छन् । सबैभन्दा बढी इटलीमा १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ र संक्रमितको संख्या एक लाख ३९ हजार चार सय २२ पुगेको छ ।

स्पेनमा मृत्यु हुनेको सख्या १४ हजार सात सय ९२ पुगेको छ र संक्रमित संख्या एक लाख ४८ हजार दुई सय २० पुगेको छ । स्पेनमा मृत्यु हुनेको संख्या लगातार दुई दिनसम्म बढिरहेको छ ।

हिजो मात्रै ज्यान गुमाउनेको संख्या ७ सय ५७ पुगेको छ । संयुक्त राज्य अमेरिकामा संक्रमित संख्या चार लाख ३० हजार तीन सय ७६ पुगेको छ भने मृतक संख्या १४ हजार सात सय ३९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button