कारोना संक्रमणबाट विश्वभर ८२ हजारको मृत्यु ,सबैभन्दा बढी अमेरीकी नागरिकले ज्यान गुमाए



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
कोरोना भाईरसको संक्रमणबाट बिश्वमै सबैभन्दा बढी अमेरीकी नागरिकले ज्यान गुमाएका छन । स्वास्थ्य मन्त्रालयले दिने गरेको दैनिक प्रेस ब्रिफिङ अनुसार अमेरिकामा मृतकको संख्या १२ हजार ८ सय ४४ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ९८ हजार एक सय ८५ पुगेको छ ।


न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या पाँच हजार पुगेको छ । त्यहाँ मंगलबार एकै दिन ७ सय ३१ जनाले ज्यान गुमाएको बताईएको छ । मंगलबारसम्म न्युयोर्कमा ज्यान गुमाउनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ ।

संक्रमितको संख्या भने एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।

फ्रान्समा मृतकको संख्या १० हजार ३ सय २८ पुगेको छ भने संक्रमितको संख्या एक लाख १० हजार ७० पुगेको छ । सात हजार ९१ जनाले अस्पतालमा र तीन हजार दुई सय ३७ जनाले केयर हाउसमा ज्यान गुमाएका छन ।

फ्रान्सको अस्पतालमा बितेको २४ घण्टामा छ सय सात जनाको मृत्यु भैसकेको छ । करिब ३० हजार जना उपचाररत छन् । जसमा सात हजार भन्दा बढी गम्भीर अवस्थाका छन् ।

यसैगरी बेलायतमा मृत्यु हुनेको संख्या ६ हजार एक सय ७० र संक्रमितको संख्या ५५ हजार हजार नौ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ५८ जनाले ज्यान गुमाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button