आगामी दुई साता थप चुनौतीपूर्णः प्रधानमन्त्री ओली



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन । ओलीले कोरोना भइरस कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका सम्बन्धमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै सो कुरा बताएका हुन । उनले आगामी दुइ साता संक्रमणको जोखिम उच्च रहेको भन्दै सजगता अपनाउन सबैलाई आग्रह गरेका छन ।


ओलीले नेपाल पनि कोरोना विरुद्धको लडाइँमा होमिएको उल्लेख गर्दै यो लडाइँमा सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याए ।

देशमा संक्रमणको पहिलो केस पहिचान भएयता साझा प्रयत्नले संक्रमितको संख्या नौ जनामा मात्र सीमित गर्न सकिए पनि अझै उच्च जोखिममा रहेको उनकोे भनाइ छ ।

उनले यसै साताबाट प्रयोग ल्याइएको ¥यापिड डायग्नोस्टिक टेष्टले पनि समुदायमा संक्रमणको स्थिति पत्ता लगाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button