नेकपाको सचिवालय बैठक आज बस्दै

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
देशको पछिल्लो अवस्था र कोभिड १९ कोरोना भारइस संक्रमण नियन्त्रण बारे छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।
सरकारले गरेको निर्णयले पार्टी संगठनलाई क्षति पुग्ने अवस्था आएको भन्दै सचिवालयकै नेताहरुले बैठक बोलाउन माग गरेका थिए ।
बैठकमा चीनबाट मेडिकल सामान खरिदमा अनियमितता भएको र सामाग्री किन्ने जिम्मा सेनालाई दिने निर्णय लगाएत बिषयमा पनि छलफल गर्ने तयारी भएको छ ।