रेडियो सुनगाभाले एक महिनाको विज्ञापन शुल्कमा छुटको घोषणा गर्यो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
कोरोना भाइरस (कोविड–१९) को सन्त्रासबिच सरकारले लकडाउनको घोषणा गरेको छ । ‘लकडाउन’ को घोषणा गरेसँगै सरकार तथा बर्दिवास उद्योग बाणिज्य सङ्घले सबै घरबेट्टीहरुलाई घरभाडा मिनाहा गर्न आग्रह गरेको थियो ।


सोही आग्रहलाई आत्मासाथ गर्दै महोत्तरीको बर्दिबास वडा नं–१ की समाजसेवी तथा सामुदायिक रेडियो सुनगाभा एफ एम की कोषाअध्यक्ष जमुना पोखरेलले आफ्नो घरमा रहेको सामुदायिक रेडियो सुनगाभा एफ एमको एक महिनाको घरभाडा स्वेच्छिक रुपमा छुट को घोषणा गरेकी छिन ।


पोखरेलले भनिन –,सरकारको अपिल र बर्दिवास उद्योग बाणिज्य सङ्घको आग्रहलाई सम्मान गर्दै एक महिनाको घरभाडा नलिने निर्णय गरेको हुँ ।”
साथै उनले बर्दिबासमा रहेको सबै घरबेट्टीहरुलाई यस्तो संकटको घडीमा घरभाडा छुट गर्न समेत आग्रह गरिन ।
कोषाध्यक्ष पोखरेलले विपत्का घडीमा सामुदायिक रेडियोहरुको महत्वपूर्ण भुमिका हुने भएकाले सामुदायिक रेडियो सुनगाभा लगाएत सबै सञ्चार माध्यमले यस्तो अवस्थामा आफू संयम रहेर तथ्य सत्य समाचार प्रकाशन तथा प्रसारण गर्न आपिल गरिन ।
उनले भनिन– “ महामारीको यस्तो संवेदनशील अवस्थामा कतिपय सञ्चार माध्यमले तथ्यहिन र जनतालाई भ्रम पार्ने समाचार प्रसारण गरेकोले त्यस्तो नगर्न सबै सञ्चार माध्यम र पत्रकारलाई आग्रह गर्दछु । ”

पोखरेलको घरभाँडा छुट लाई स्वागत गर्दै रेडियोमा कार्यरत कर्मचारीले पनि आपत्कालीन अवस्थामा एक महिनाको पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
घरभाडाको छुट र कर्मचारीले पारिश्रमिक नलिने घोषणा संगै सोमबार बिहान रेडियोको सञ्चालक समितिको बैठकले चैत्र २६ गते आउदै गरेको रेडियोको ११ औँ स्थापना दिवसको अवसरमा बर्दिबास नगर क्षेत्र भित्रका स्थानीय व्यवसायीहरुले रेडियोमा प्रसारण गर्न दिएकोे विज्ञापन प्रसारण शुल्क एक महिनाका लागी नलिने समेत निर्णय गरेको रेडियोका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनले लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएपछि व्यापारीहरु चरम आर्थिक मारको चपेटामा परेको कुरालाई मध्ये नजर गर्दै आफूहरुले विज्ञापन प्रसारणको एक महिनाको शुल्क छुट गरेको उद्धघोष गरे ।

साथै सामुदायिक रेडियो प्रसारक संघ अकोराब महोत्तरीका जिल्ला अध्यक्ष समेत रहेका श्रेष्ठले जिल्लाभरीका सबै सामुदायिक रेडियोहरुलाई विज्ञापन प्रसारणमा छुट गर्न अपिल गरेका छन ।

त्यसैगरी रेडियोकी पुर्व अध्यक्ष तथा राष्ट्रिय सभाकी उपाध्यक्षय शशिकला दहालले यस अघिनै एक महिनाको पारिश्रमिक कोरोना भाइरस विरुद्ध नेपाल सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषलाई प्रदान गरिसकेकीे छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button