आज रामनवमी मनाइदै, जानकी मन्दिरमा भिडभाड नगरीने



मेरो प्रदेश सम्वाददाता
धनुषा
श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी आज रामनवमी पर्व मनाईदै छ ।
हरेक बर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाउने गरिन्छ ।


असुर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरमा पूजापाठ गरि मनाईने यो पर्व त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । यो पर्वमा देशभरका बिभिन्न पवित्र नदि, ताल तथा कुण्डमा स्नान गरी ब्रत बसेर रामगीता पाठ गर्ने चलन छ ।

राम नावमीमा ब्रत बसी पूजापाठ तथा जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने विश्वास छ ।
तर कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेकाले प्रदेश २ सरकारले रामनवमी महोत्सवको भक्ति र श्रद्धामा कुनै कमि आउन नदिन आ–आफ्नो सुरक्षित वासस्थलमा नै जन्मोत्सव मनाउन आग्रह गरेकोछ ।

यसैगरी मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सव(रामनवमी) पर्वलाई जानकी मन्दिरले बिधिपूर्वक मनाउने भएकोछ ।
भगवान रामको ससुराली जानकी मन्दिरमा जन्मोत्सवको सबै तयारी पुरा भएको छ ।‘भगवानको जन्मोत्सव विधि पूर्वक मनाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । उनले भने श्रद्धालु भक्तजनहरुको सहभागिता नगराई अन्य सबै कार्यक्रम आयोजना हुनेछ ।

आ–आफ्नो घरमा नै श्रद्धाभक्ती पूर्वक भगवान रामको जन्मोत्सव मनाउन उनले भक्तजनहरुलाई आग्रह गरे । विषम परिस्थितिमा घरबाट बाहिर निस्कने अवस्था नभएकोले घरमै रहेर भगवानप्रति श्रद्धाभक्ती अर्पण गर्न दासले सुझाव दिए ।

घरबाटै भगवानको जन्मोत्सव मनाउनु अहिलेको बाध्यता हो’ भन्दै उनले भने, भगवान रामले चाँडै संकटबाट मुक्ती दिनेछन ।

परम्परागत रुपमा मनाइने महोत्सवहरु महन्थ पुजारीले औपचारिक रुपमा पुजापाठ गरेर मात्र मनाउन प्रसाशनले निर्देशन दिइएकोछ । भगवान रामको जन्मोत्सव अयोध्यामा पनि राम नवमी औपचारिकतामा नै सिमित भएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button